जिवन
जिवन एक बिचित्र चलचित्र
जसमा न कि मात्र चित्र पात्र
पनि चलखेल गर्न छन् स्वतन्त्र
जिवन एक अटुट जप अफ मन्त्र
जहा भड्किन्छ पात्र भौतारीन्छ यत्रतत्र
डुल्छ घुम्छ रम्छ रुन्छ चुन्छ सुन्छ हर पल हर क्षण उड्न मन हुन्छ सर्वत्र
जिवन एक बिचित्र चलचित्र ।
जिवन ताजा भाव बासी
त्यहि इच्छा त्यहि आकान्छा मन सदैव प्यासी
विचाको चार धाम कहिले भेगष कहिले काशी
जे देख्यो त्सकै खासी नपाउदा ठुलै रुवाबासी
हाकिम हेर्छ घासी, घासीको आफ्नै उदासी
जिवन ताजा भाव बासी ।।
जिवन चटारो भय्इ नभय्ई
गरी खान गारो भन्छन् सबै
बालपन रसीलो युवा जोशीलो त्यसपछिको खाई
उधमशिल हुन कोई भिषालाई केहि पाल्छन् गाई
सल्लाहा दिन्छन् सुन भाई बस रमाई
पालो तिम्रो नजिकदै छ आफ्नै खुट्टाको उभ्याई
जिवन चटारो भय्इ नभय्ई ।।।
जिवन लामो हतारीन्छन् कोही
छिन् भरमै कुवेरीन खोज्छन् तिलस्मी छोई
ना ना प्रश्न सोध्छन् औचित्य खोई ??
पढ्छन् घोक्छन् रट्छन् लेख्छन् अन्ततहः सिता कसकी जोई ??
सम्झन्छन् भुत झस्कन्छन् पाँच वर्ष छेणभर होई
जिवन लामो हतारीन्छन् कोही ।।।।